३ कार्तिक २०८३, मंगलबार

ललिता निवास प्रकरण : विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय साहविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । केन्द्रीय अनुसन्धान (ब्युरो) सीआईबीका अनुसार उनीहरूविरुद्ध आइतबार पक्राउ पूर्जी जारी गरेको थियो । सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनीहरूलाई प्रतिवादी बनाइएको थियो । अहिलेसम्म यो प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ, जसमा ४ पूर्व सचिव छन् ।

पूर्वमन्त्रीहरू विरुद्ध भने पहिलो पटक पक्राउ पूर्जी जारी भएको हो ।