३० आश्विन २०८३, शुक्रबार

राष्ट्र बैंकमा माछापुच्छ्रेको क्यूआर सेवा, विदेशी मुद्रा सटहीको भुक्तानी क्यूआरबाटै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । माछापुच्छ्रे बैंकले विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउनेगरी नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा क्यूआर सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ बैंकले बालुवाटारस्थित बैंकिङ विभागमा ‘नेपाल–पे’ र ‘फोन–पे’ दुबै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनी र माछापुच्छ्र्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरी आजदेखि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

यो सेवाबाट राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरूले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

यसबाहेक फरक–फरक माध्यमहरूमार्फत बैंकले डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन सधैं तत्पर रहेको बताएको छ ।

बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैं’को रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको पनि विज्ञप्तिमार्फत जनाएको छ ।