३० आश्विन २०८३, शुक्रबार

आईएमई–पे र बुद्ध एयरबीच सम्झौता, अब चेक आउटमा आईएमई–पे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आईएमई–पेबाट भुक्तानी गर्न मिल्ने भएको छ ।

आईएमई–पे र बुद्ध एयरका प्रतिनिधिबीच आज आइतबार, सम्झौता भइ सो सेवा सुरु गरिएको हो ।

सम्झौता अनुसार, अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आईएमई–पे छनौट गरी सजिलै पैसा तिर्न सक्ने छन् साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरी केवलकारको नि:शुल्क कुपन पनि प्राप्त गर्न सक्ने छन् ।

‘आईएमई–पेले ग्राहकहरूको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने, साथै आफ्ना प्रयोगकर्ताहरूको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए ।