
मकवानपुर, २१ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डुस्थित बागमती खोला नजिकै माण्डु हाइड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्ट्याउने स्थानमा मृत फेला परेकी किशोरीको पहिचान हुन सकेको छैन् ।
आज आइतबार बिहान मृत फेला परेकी अन्दाजी १७ वर्षीया किशोरीको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।
शवको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट देखिएकाले हत्या भएको आशंका गरिएको छ । ‘शव खोलाले बगाएर ल्याएको पनि हुनसक्छ । अनुहारमा चोट लागेको देखिएको छ ।’ डीएसपी कार्कीले भने, ‘शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको छ । थप अनुसन्धान भइरहेको छ ।’















प्रतिक्रिया