३ कार्तिक २०८३, मंगलबार

माओवादीमा नेताहरूको जिम्मेवारी हेरफेर, कसलाई कुन जिम्मेवारी ?

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । जसमा उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चा, उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।

यस्तै, उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ भने अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इन्चार्जको जिम्मेवारी ताकिएको छ ।

पम्फा भुसाललाई जनवर्गीय संगठन इन्चार्ज बनाइएको छ । सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको छ ।

कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी तोकिएको छ ।