६ कार्तिक २०८३, शुक्रबार

सर्वोच्चका न्यायाधीस सुवेदीको पिएसओको पेस्तोल चोर्ने दुईजना पक्राउ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पिएसओको पेस्तोल चोर्ने दुईजना पक्राउ परेका छन् ।

पिएसओ सई प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा सिन्धुपाल्चोकका २१ वर्षीय बासुदेव थामी र सिन्धुलीका २७ वर्षीय मेगबहादुर तामाङलाई गत शुक्रबार पक्राउ गरेको हो।

उनीहरूले पिएसओ खड्काको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित घरबाट गत असार ३० गते पेस्तोल चोरी गरेका थिए ।

घरमा कोही नभएको बेला झ्यालबाट झोला तानेर झोलामा भएको पेस्तोल चोरेका थिए ।