३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसँग गरे टेलिफोन वार्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । आज दिउसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

दुबै देशका प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको हो ।

छलफलमा दुबै देशका प्रधानमन्त्रीले नेपाल भारतको आपसी सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नाका साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत भएका थिए । यसक्रममा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणको क्रममा भएका छलफललाई र सहमतिको स्मरण गर्दै त्यसको कार्यान्वयनका पक्षमा जोड दिइएको थियो ।

भारतीय प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिइएको बताइएको छ ।