३० आश्विन २०८३, शुक्रबार

रुस र युक्रेनबीचको युद्धबारे के भन्छन् एमाले अध्यक्ष केपी ओली ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुस र युक्रेनबीचको युद्धमा नेपालले कसैको पक्ष लिन नहुने बताएका छन् ।

आज नेकपा एमालेको विदेश विभागले आयोजना गरेको कार्यक्रममा उनले नेपाल सरकारले विगतमा युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेकामा आलोचना गर्दै कसैको पक्ष वा विपक्ष लिन नहुने बताएका हुन् ।

‘भारतलाई त्यो न्यूट्रालिटी कायम राख्नुपर्ने तर हामीले साँढे जुधेका ठाउँमा बाच्छो बनेर जान हुँदैन थियो । न्यूट्रालिटी हाम्रो शक्ति हो । हामी शान्तिका पक्षधर हो,’ अध्यक्ष ओलीले भने, ‘युद्ध नहोस् भन्ने कुरा भयो भने वार्ताबाट समाधान होस् भन्ने हुनुपर्छ । हामी एउटा पक्षमा लागेर, न्यूट्रालिटी गुमाएर कुराको छेस्कोले केही गर्न सक्दैनौँ ।’

अध्यक्ष ओलीले परराष्ट्र मामिलामा कम्तीमा देशभित्रका शक्ति एकजुट हुनुपर्ने भए पनि प्रधानमन्त्री र सरकारले बाह्य देशसँग के सहमति गर्छन् भन्ने नै थाहा हुन छाडेको टिप्पणी गरे ।