३० आश्विन २०८३, शुक्रबार

नेकपा एस सिन्धुपाल्चोकका सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश (नामावलीसहित)

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का केन्द्रीय सदस्य सुभाष कर्माचार्य र उपेन्द्र तामाङसहित सिन्धुपाल्चोकका सयौँ नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरूमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका र वडा तथा विभिन्न जनवर्गीय संगठनहरूमा आवद्ध नेता तथा कार्यकर्ताहरू छन् ।

प्रवेशीहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटव्युरो सदस्य अरुण नेपाल, सिन्धुपाल्चोकका जिल्ला इञ्चार्ज गोकुल बास्कोटा तथा सरेश नेपाललगायत नेताहरूको सहभागिता थियो ।

सिङ्गो जिल्ला नै खाली गरेर एमाले प्रवेश गर्न लागेको सुइँको पाएपछि कर्माचार्यलाई हिजोमात्रै नेकपा एसले पार्टीबाट कारबाही गरेको थियो ।

उनलाई कारबाही गरेको भोलिपल्टै उनी आफ्नो पुरानो घर नेकपा एमालेमा प्रवेश गरेका हुन् । आफूसँगै उनले जिल्ला नै खाली गराएर नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गराएर पार्टी नेतृत्व माधव नेपाललाई चुनौती सृजना गरेका हुन् ।

हेर्नुहोस् पार्टी प्रवेश गर्नेहरूको सूची–