२८ आश्विन २०८३, बुधबार

भारतको उत्तराखण्डमा पहिरोमा परेर १५ जनाभन्दा धेरै नेपाली बेपत्ता, तीनजनाको मृत्यु

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । भारतको उत्तरखाण्डमा भीषण पहिरो जाँदा तीनजनाको मृत्यु भएको छ । पहिरोमा परेर १५ जनाभन्दा धेरै नेपाली बेपत्ता भएका छन् ।

बेपत्तामध्ये १० जना नेपाली रहेका छन् । केदारनाथ प्रवेश गर्ने सडकखण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्लाबाट गएका नेपालीसहित बेपत्ता भएका हुन् ।

बेपत्ता हुने नेपालीहरुमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र जोरा रावत रहेका छन् । पहिरोमा पुरिएको होटल हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा चलाउँदै आएका थिए।

पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन्। वीरबहादुरकै होटलमा खाना खाइरहेका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन्।

बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको जनाइएको छ। तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुल्न सकेको छैन। बेपत्ता हुनेहरुमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीहरु राधिका र पिंकी छन्।