३० आश्विन २०८३, शुक्रबार

काठमाडौं विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, काठमाडौंबाट भन्सार छली लैजान लागेको करिब १०० ग्राम तौलको सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४२ वर्षीय इस्हाब छन् । उनलाई आज शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट सुन जस्तो देखिने धातुको बाला १ थान बरामद गरिएको प्रहरीले बताएको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।