६ कार्तिक २०८३, शुक्रबार

सिन्धुपाल्चोकका इन्चार्ज सुवास कर्माचार्य एकीकृत समाजवादीबाट निष्कासित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । सुवास कर्माचार्य नेकपा (एकीकृत समाजवादी) पार्टीबाट निष्काशित भएका छन् ।

केन्द्रीय कमिटी सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्जसमेत रहेका कर्माचार्यलाई आज बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

“पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाबिरुद्धमा कृयाकलाप गरि पटक–पटक सम्झाउँदा पनि पार्टी हितविरुद्ध गतिविधि गरेकोले पार्टीको साधरण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । पार्टीका सम्पूर्ण कार्यकर्तालाई उनको गतिविधिको भ्रममा नपर्न आह्वान गरिएको छ,” उपमहासचिव तथा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।