
चितवन, १९ साउन । चितवनस्थित नारायणी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।
उनी मामाको छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन शुक्रबार देवघाट गएकामा नदीमा डुबेर बेपत्ता भएका हुन् । रेमन्तको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
उनको गोताखोरसहितको टोलीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया