
काठमाडौं, १९ साउन । दोलखामा पहिरोमा परी बेपत्ता भएका एकजना बालक मृत फेला परेका छन् । तीन जना अझै बेपत्ता छन्।
गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए ।
पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव भने फेला परेको छ ।
पहिरोमा परी तीनजना घाइते भएका छन्। बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।















प्रतिक्रिया