३ कार्तिक २०८३, मंगलबार

दोलखाको गौरीशंकरमा पहिरो, ४ जना बेपत्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १९ साउन । दोलखाको गौरीशंकर गाउँपालिका-७ मार्बुको टोक्पटारमा गएराति पहिरोले दुई घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।

गएराति भारी वर्षासँगै पहिरोले दुई वटा घर पुर्दा एक घरका तीन र अर्को घरका एक जना गरी चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर भएका घाइते तीन जनाको उद्धार गरिएको छ ।  उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बेपत्ता र घाइतेको अहिलेसम्म परिचय खुलिनसकेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।