सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एनआरएनए मकाउको प्रथम उपाध्यक्षमा लमजुङका शिव थापा निर्विरोध निर्वाचित

दैनिक नेपाल २०८० साउन १९ गते ९:४३

काठमाडौं, १९ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउ चीनको प्रथम उपाध्यक्षमा लमजुङका शिव थापा निर्विरोध निर्वाचित भएका छन् ।

यही जुलाई २१ तारिख शुक्रबार सम्पन्न भएको अधिवेशनले थापालाई प्रथम उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

लमजुङको राइनास नगरपालिका-८ हर्राबोटका थापा सन् २०११ सालदेखि चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा कार्यरत छन् । थापाले सन् २०१५ देखि २०१९ सम्म एनआरएनए मकाउको महासचिव पदमा रहेर काम गरिससकेका छन् ।

थापाले नेकपा (एमाले) सम्बद्ध प्रवास संगठन प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मकाउका संस्थापक उपाध्यक्ष र निर्वतमान अध्यक्षका रुपमा थापाले काम गरिसकेका छन् । उनी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी श्रम तथा रोजगार प्रवद्र्धन विभागका उपप्रमुखका रुपमा समेत कार्यरत छन् ।

यसैगरी, सदस्यमा लमजुङको मध्यनेपाल नगरपालिकाका हर्कजंग गुरुङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित