शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न अस्पतालको अनुगमन, उत्कृष्टलाई पुरस्कार दिइने

दैनिक नेपाल २०८० साउन १८ गते २०:१६

काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अस्पतलमा अनुगमन गरेको छ ।

आज बिहीबार मन्त्रालयले अनुगमन टोली बनाएर महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, भक्तपुर अस्पताल (भक्तपुर), नागरिक कम्युनिटी अस्पताल (भक्तपुर) लगाएतका अस्पतालमा अनुगमन गरेको हो ।

स्वास्थ्यमन्त्री मोहनबहादुुर बस्नेतसहितको टोलीले भने स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा अनुगमनका लागि पुगेको थियो । सो क्रममा मन्त्री बस्नेतले न्यूनतम मापदण्डअनुसार अस्पताल भए/नभएको, बिरामीलाई उपचारका क्रममा छुटको व्यवस्थाका विषयमा व्यवस्थापनसँग जानकारी लिएका छन् ।

अनुगमनपछि मन्त्री बस्नेतले अस्पताल मापदण्डअनुसार रहे/नरहेको विषयमा मन्त्रालयले चासो राखेको बताए । उनले अस्पतालका समस्याहरु समधानका लागि पनि प्रतिवद्ध रहेको उल्लेख गरे ।

अनुगमनका क्रममा सबै हिसाबले उत्कृष्ट देखिएको अस्पताललाई सरकारले सम्मान तथा पुरस्कारको व्यवस्था गरेको भन्दै उनले मन्त्रालयले गरेको निर्णय अनुसार अघि बढ्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित