३० आश्विन २०८३, शुक्रबार

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् ।

आज बसेका संवैधानिक परिषद्को बैठकले उनको नाम सिफारिस गरेको हो ।

उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ । त्यसको एक महिनाअगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।

श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिबाट नाम अनुमोदन भए उनी ३१औं प्रधानन्यायाधीश बन्नेछन् ।

बैठकले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लीम आयोगको सदस्य नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ ।

उक्त निकायमा नियुक्तिका लागि इच्छुकहरूबाट आवदेन लिनका लागि १५ दिनको सूचना प्रकाशित गरिने बताइएको छ ।