
बुटवल, १८ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो नेताहरूलाई जोगाउन लागेको बताएका छन् ।
स्व. नेता जीवराज आश्रितको ८०औं जन्मजयन्तीको अवसरमा बुटवलमा आज आयोजित कार्यक्रममा उनले भ्रष्टाचारसम्बन्धी मुद्दाहरूमा वर्तमान सरकारले देखाएको प्रवृत्तिमाथि टिप्पणी गर्दै सरकारले गरिरहेको छानविनप्रति शङ्का व्यक्त गरे ।
विभिन्न भ्रष्टाचारका काण्डहरूमा सरकारले आफ्ना नेताहरूलाई जोगाउने प्रपञ्च गरिहेको भन्दै उनले निष्पक्ष छानविनका लागि उच्चस्तरीय संसदीय छानविन समितिको विकल्प नभएको बताए ।
सुन काण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउँदा पनि उनीहरूलाई बचाउने प्रयास सरकारले गरिरहेको उपमहासचिव ज्ञवालीको आरोप छ ।















प्रतिक्रिया