३० आश्विन २०८३, शुक्रबार

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरू

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरू भएको छ ।

प्रधानन्यायाधीश सिफारिस गर्न बैठक बसेको हो ।

यसअघि मंगलबार परिषद्को बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि आज पुन: बैठक बसेको हो ।

उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ । त्यसको एक महिनाअगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।

आज बस्ने परिषद् बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ । उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन् ।