३० आश्विन २०८३, शुक्रबार

देश बनाउन युवामा स्वदेशमै काम गर्ने चेतना र मनोभावनाको विकास हुनुपर्छ : शंकर पोखरेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउनका लागि काम गर्ने युवा जनशक्ति विदेश जानबाट रोक्न सक्नुपर्ने बताएका छन् ।

महासचिव पोखरेलले देश बनेन भनेर चिन्ता गरेर मात्र नहुने बताउँदै युवा जनशक्ति विदेश जाने बढ्दो क्रमलाई रोक्नुपर्ने बताए ।

हिजो बुधबार मानव अधिकार एलाइन्सको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भभने, ‘नेपालमा बर्सेनि पाँचलाख मानिस श्रम बजारमा आउँछन् तर विदेश जाने सङ्ख्या नौलाख छ, यो स्थितिलाई रोक्न नसक्ने हो भने देश बन्दैन ।’

काम गर्ने उमेर समूहका युवालाई देशभित्रै काममा लगाउनु जरूरी रहेको वताउँदै महासचिव पोखरेलले काम गर्ने मान्छे जति विदेश पठाएर देशको रूपान्तरण सम्भव नभएको उनको भनाइ छ ।

‘स्वदेशमा रोजगारीका लागि साधन स्रोतको सीमितता हुनसक्छ तर हामीले युवालाई देश बनाउन स्वदेशमै रहेर काम गर्नुपर्छ भन्ने चेतना र मनोभावनाको विकास गर्न सक्नुपर्छ,’ महासचिव पोखरेलले भने, ‘जब हामीले नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती हुन दियौं, त्यसबाट लाहुरे संस्कृतिको विकास भयो र समाजले त्यसलाई गौरवको विषय ठान्यो । बाहिर जाने कुरा सम्मानको विषय बन्न पुग्यो ।’ यो देश निर्माणका सन्दर्भमा उचित कुरा नभएको उनको भनाइ छ ।

माओवादी द्वन्द्व अघि विदेश जाने सङ्ख्या वर्षमा ५०/६० हजार रहेको र द्वन्द्वपछि यो सङ्ख्या एक वर्षमा सात लाख ७२ हजार पुगेको तथ्य प्रस्तुत गर्दै जतिवेला एमाले सरकारमा जान्छ यो सङ्ख्या घट्ने गरेको र बाहिरिँदा बढ्ने गरेको महासचिवको भनाइ छ ।

महासचिव पोखरेलले भने, ‘यो भनेको एमाले सरकारमा रहँदा देश बनाउँछ भन्ने विश्वास हो र देशभित्रै रहन चाहेको देखिन्छ । एमाले सरकारमा नहुँदा निराशा बढ्दो रहेछ र बाहिर जाने प्रवृत्ति मौलाउँदो रहेछ ।’

त्यस्तै, एमाले सरकारमा हुँदा वैधानिक अर्थतन्त्र बलियो हुने र अरु हुँदा कमजोर हुने गरेको बताउँदै उनले भने, ‘गठबन्धनवालाहरू जसरी पनि मुनाफा कमाउन लाग्दा वैधानिक अर्थतन्त्रलाई कमजोर र अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने गरेको कुरा रेमिट्यान्स घट्ने तथ्याङ्कले पनि पुष्टि गर्छ ।’

नेकपा एमाले सरकारमा रहेको समयमा विदेश जाने युवाको सङ्ख्या घटे पनि रेमिट्यान्स बढ्ने गरेको र गठबन्धन सरकारका समयमा विदेश जाने युवाको सङ्ख्या धेरै हुँदा पनि रेमिट्यान्स कम हुनु भनेको हुण्डिजस्ता अवैधानिक बाटोबाट पैसा भित्रिएको छ भन्ने कुरा बुझ्नुपर्ने र यो तथ्य जनतालाई बुझाउनुपर्ने उनको भनाइ छ ।

‘हामीले ६० वर्षसम्मको आन्दोलनका क्रममा जनतालाई अधिकारका कुरा सिकायौँ, कर्तव्य सिकाएनौं, अधिकारसँग कर्तव्य पनि जोड्नुपर्ने थियो,’ उनले भने, ‘अहिले नागरिक बलियो हुनपर्छ त भनिँदैछ, यो हुटहुटी चलेको छ तर राज्य बलियो नभई नागरिक बलिया हुँदैनन् भन्ने कुरा बुझ्नुपर्छ ।’

समाज रूपान्तरणका लागि राज्य बलियो हुनु जरूरी छ भन्ने कुरा नागरिक आन्दोलनले, सामाजिक आन्दोलनले बुझ्नुपर्ने बताउँदै महासचिव पोखरेलले भने, ‘राज्य बलियो हुनका लागि बलिया राजनीतिक दलहरू हुनु जरूरी छ । तर, यहाँ राज्य बलियो हुन नदिने खेल अन्तर्गत सरकार कमजोर र असफल हुँदा पनि विपक्षी बलियो हुन नदिन बैकल्पिक शक्ति खडा गर्ने काम भएका छन् । यो आन्तरिक विषयमात्र होइन पुराना दल काम लाग्दैनन् भन्ने भाष्य निर्माण गर्र्दै राज्य कमजोर बनाउने ग्लोबल योजना अन्तर्गत भएको हो । समाजलाई दिग्भ्रमित गर्ने प्रयास हो ।’

हरेक पाँच वर्षमा नीति अधिवेशन गर्ने र नेतृत्व चयन गर्ने दलहरू कहिल्यै पुराना हुँदैनन् भन्दै महासचिव पोखरेलले भने, ‘नीति र नेतृत्व चयनमा सबभन्दा अब्बल पार्टी एमाले हो भन्ने कुरा यसको नेतृत्वमा समय समयमा फेरबदल र गतिशीलताले पुष्टि गर्छ ।’

यस्तै, पशुपतिमा सुनको जलहरि जडानमा भ्रष्टाचार भएको कुरा उठाएर सत्ताले क्वीण्टलका क्वीन्टल सुन ल्याइरहेकोे र सुन पक्राउ पर्नुको कारण सत्ताभित्र सेटिङमा भागवण्डा नमिलेको हुनसक्ने उनको भनाइ छ ।