शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: प्रचण्डलाई आफ्नै पार्टी पार्टी लागेन, सरकारले नै संसद चल्न नदिएको ओलीको आरोप

दैनिक नेपाल २०८० साउन १७ गते २१:२५

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुधबारदेखि काठमाडौंमा सुरू भएको छ ।

प्रज्ञा भवनमा पाँच दिनसम्म चल्ने बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामायिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

बैठकलाई शुभारम्भ गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले पछिल्लो चरणमा माओवादी नेतृत्वको सरकार गठन भएपछि जनतामा विश्वास उत्पन्न भएको बताए ।

उनले केन्द्रीय समितिले जनतामा उत्पन्न भएको आशा र भरोसालाई संगठनमा रूपान्तरण गर्ने अभियानमा बदल्ने विश्वास व्यक्त गरे । प्रचण्डले माओवादी पार्टी, पार्टी जस्तो हुन नसकेको भन्दै पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी बैठकबाटै गर्नुपर्ने धारणा राखे ।

हेरौँ बुधबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-

प्रतिक्रिया
सम्बन्धित