
काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरू भएको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरू भएको हो । बैठक पाँच दिनसम्म चल्नेछ ।
बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जना सहभागी हुँदैछन् ।
















प्रतिक्रिया