१ कार्तिक २०८३, आइतबार

महाराष्टमा सडक निर्माणस्थलमा क्रेन खस्दा १७ जनाको मृत्यु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महाराष्ट्र, १७ साउन । भारतको पश्चिमी राज्य महाराष्ट्रमा सडक निर्माणस्थलमा क्रेन खस्दा कम्तीमा १७ जना कामदारको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ७१ किलोमिटर उत्तरपूर्वमा पर्ने ठाणे जिल्लाको शाहापुर नजिकै उक्त घटना भएको प्रहरीले जनाएको छ । एनडीआरएफका वरिष्ठ अधिकारी सारंग भी कुर्वेले भने, ‘हाम्रो खोजी र उद्धार कार्य जारी छ । घटनास्थलबाट अहिलेसम्म १७ जनाको शव निकालिएको छ ।’

घाइते तीनै जनालाई नजिकैको अस्पतालमा लगिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतस्वरूप आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।