३० आश्विन २०८३, शुक्रबार

अभिनेत्री सुरक्षा पन्त ‘कार्साङ’मा अनुबन्धित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । अभिनेत्री सुरक्षा पन्त चलचित्र ‘कार्साङ’मा अनुबन्धित भएकी छिन् ।

यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रमा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् ।

यस्तै, नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरुको लाइनअप पुरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिए ।

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय चलचित्र हो । चलचित्रमा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ । यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

चलचित्रका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उनको भनाइ छ ।