
काठमाडौं, १६ साउन । नेपाली कांग्रेसले लोकतन्त्रमा आश्था राख्ने सञ्चारगृह र सञ्चारकर्मीहरूको विवरण संकलन गर्ने भएको छ ।
आज बसेको नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागको बैठकले लोकतन्त्रमा आस्था राख्ने सञ्चार गृह र सञ्चारकर्मीको विवरण प्रेस युनियनसँग समन्वय गरी संकलन गर्ने निर्णय गरेको हो ।
बैठकले संचार तथा संचार विभागको निर्देशिका, २०८० सामान्य परिमार्जन सहित सर्वसम्मतले पारित पनि गरेको छ । यस्तै, विभागले पुस्तकालय व्यवस्थापन तथा संचालनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसित समन्वय गर्ने, विभागका प्रमुख एवं सदस्यहरु बीच सूचना प्रविधिसम्बन्धी पुनर्ताजकी कार्यक्रम गर्ने र सो को मिति, समय र स्थान प्रमुखले तोक्ने निर्णय गरेको छ ।
यसैगरी, नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले पार्टीका यस विभागको सबै तहका समितिलाई केन्द्रीय कार्यालयको जस्तै फेसबुक एकाउण्ट खोल्न आग्रह गर्ने निर्णय गरेको विभाग प्रमुख मिनबहादुर विश्वकर्माले जानकारी दिए ।
















प्रतिक्रिया