
काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एक क्विन्टल सुन तस्करी प्रकरणको निष्पक्ष छानविन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने बताएका छन् ।
आज मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पौडेलले प्रतिपक्षको मागबमोजिम सरकारले छानविन समिति नबनाउँदा सदन चल्न नसकेको बताउँदै अब समिति बनाएर निकास खोज्नुपर्ने बताएका हुन् ।
उनले अब सुन तस्करी प्रकरणमा छानविन समिति बनाउनुपर्ने र प्राविधिक पक्षलाई पनि समावेश गरेर निर्मम ढंगले छानविन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । सांसद पौडेलले सुन प्रकरण सामान्य विषय नभएकाले सम्बन्धित पक्षले हल्का ढंगले लिन नहुने भन्दै राज्यले नै सत्यतथ्य छानविन गर्नुपर्ने पनि बताएका छन् ।
भिडिओ–















प्रतिक्रिया