
काठमाडौं, १६ साउन । नेकपा एमालेका सचेतक महेश वर्तौलाले सरकारका कारण सदनको गतिरोध लम्बिएको बताएका छन् ।
आज मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै वर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने एमालेको माग सरकारले अस्वीकार गरेकै कारण सदनको गतिरोध लम्बिएको बताएका हुन् ।
उनले सदन सुचारु गरेर एमालेले आफ्नो धारणा राख्ने र सम्बन्धित मन्त्रीहरूको जवाफका आधारमा आगामी कदम चाल्ने तयारी गरे पनि सरकार पक्ष नै सूचना टाँस गरेर सदन स्थगित गर्ने पक्षमा देखिएको बताए ।
कार्यव्यवस्था परामर्श समितिमा पनि कुनै पनि हालतमा उच्चस्तरीय छानविन समिति नबनाउने अडान सरकार पक्षले राखेको उनको भनाइ छ ।















प्रतिक्रिया