३० आश्विन २०८३, शुक्रबार

१६ प्रतिशतले घट्यो वैदेशिक व्यापार (भिडिओ)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा कूल रू. १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको जनाएको छ ।

आज मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा न्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २०७९/८० मा कूल रू. १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको र जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी रहेको जानकारी दिएका हुन् ।

उनले गत आर्थिक वर्षमा रू. एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको बताए । नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको उनको भनाइ छ ।

सचिव मरासिनीले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनको तयारी गरिएको जानकारी दिए ।

उनले चालू आर्थिक बर्षमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको कार्यान्वयन, स्टार्ट अप उद्यम कर्जा कार्यक्रम, टिमुरे र चाँदनी दोधारा सुख्खा बन्दरगाह निर्माणमा तीव्रता दिइएको बताए ।

बैठकमा मन्त्रालयले आर्थिक वर्ष २०७९/८०मा सम्पादन भएका मुख्य कामहरु र भावी योजनाका विषयमा समितिलाई जानकारी गराएको हो ।