३० आश्विन २०८३, शुक्रबार

संसद बैठक आज पनि स्थगित, अब कहिले बस्छ ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । आज मंगलबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक आज पनि स्थगित भएको छ ।

कार्य व्यवस्था समितिको बैठकमा दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

अब अर्को बैठक आगामी २२ गते सोमबार दिउँसो १ बस्ने बस्ने जानकारी पनि दिइएको छ ।

यसअघि हिजो पनि बैठक स्थगित भएको थियो । पछिल्लो समय तस्करी भएको करिब एक क्विन्टल सुन प्रकरणबो निष्पक्ष छानविन गर्नका लागि उच्चस्तरीय संसदीय समिति बनाउनुपर्ने माग राख्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

तर, सत्ता पक्षले भने प्रतिपक्षी दलको मागमा बेवास्ता गर्दै आएपछि बैठक बस्न नसकेको हो ।