३० आश्विन २०८३, शुक्रबार

टोपबहादुर रायमाझी र बालकृष्ण खाँण पुगे उच्च अदालत

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेर कारागारमा रहेको दुई नेता उच्च अदालतमा पुगेका छन् ।

शरणार्थी प्रकरणमा पक्राउ परेर जिल्ला अदालतबाट कारागारमा पठाउने आदेश भएपछि डेढ महिनादेखि कारागारमा रहेका एमाले निलम्बित सचिव टोपबहादुर रायमाझी,कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटन पुगेका हुन् ।

मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् ।

उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।