३० आश्विन २०८३, शुक्रबार

सुन तस्करी काण्ड माओवादीकै नेताहरूको वरिपरि घुमेको छ : केपी ओली

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक क्विन्टल सुन तस्करी काण्ड नेकपा माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको बताएका छन् ।

आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको प्रचार तथा प्रकाशन विभागको दशौँ बैठकलाई सम्बोधन गर्दै उनले घटनाक्रमहरूले सुनकाण्डमा माओवादीको संलग्नता देखिएको बताएका हुन् । माओवादीले घटनाक्रमलाई अन्यत्र मोड्न खोजेको पनि उनको आरोप छ ।

यस्तै अध्यक्ष ओलीले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग पार्टीका बारेमा जनतालाई सकारात्मक प्रभाव पार्न जनचेतना अभिवृद्धि गर्ने काममा थप क्रियाशील बन्न निर्देशन दिएका छन् । विभागले एमालेको विचार, नीति र सिद्धान्तको पक्षमा अझ धेरै काम गर्न जरुरी रहेको उनको भनाइ छ ।

एमालेमाथि भइरहेको चौतर्फी हमलाको सामना गर्न पनि पार्टीको प्रचार विभागले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।