
काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सुन तस्करी प्रकरणमा आफु दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारेका छन् ।
आज सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्वीरलाई लिएर अहिले आफ्नो नाम मुछ्नु आपत्तिजनक रहेको भन्दै सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारेका हुन् ।
उनले सुन प्रकरणमा आफ्नो सहभागी भएजस्तो गरी प्रचार गरिएको भन्दै राज्यको जुनसुकै निकायले गर्ने छानविनका लागि आफू तयार रहेको बताएका छन् ।
सुन प्रकरणलगायत भ्रष्टाचारका अन्य कुनै पनि प्रकरणमा दोषी देखिए माओवादी वा अन्य कोही व्यक्तिलाई छोड्न नहुने उनको भनाइ छ ।
उनले त्यसअघि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि आफूले छानविन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानविन गर्ने प्रतिवद्धता जनाएको बताएका छन् ।
पुनले संसदीय समिति, न्यायिक समिति वा स्वतन्त्र छानविन समिति बनाउन माओवादी केन्द्र र प्रधानमन्त्री तयार रहेको बताए ।
फरक प्रसंगमा पुनले माओवादी नेताहरु एकतावद्ध भएर प्रधानमन्त्री र सरकारलाई सहयोग गरिरहेको जिकिर गरे ।















प्रतिक्रिया