
काठमाडौं, १५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दुषित गर्न नहुने बताएका छन् ।
आज सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित युगदूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरूको मुहान राजनीति भएकाले यसलाई दुषित गर्न नहुने बताएका हुन् ।
राजनीतिमा लागेका केही व्यक्ति खराब हुन सक्ने भए पनि समग्र राजनीतिलाई नै खराब भन्न नमिल्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न दू्रत गतिले अघि बढ्नुपर्ने र समाजको विकास गर्नुपर्ने जिकिर गरे । उनले अब मुलुकमा ३३ प्रतिशत महिला सहभागिताको लडाइँ सकिएको र त्यसभन्दा अघि बढ्नुपर्ने उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अन्य धेरै विकासित देशहरूमा समेत ३३ प्रतिशत महिला सहभागिता पुर्याउन अझै बाँकी रहेको चर्चा गरे ।















प्रतिक्रिया