३० आश्विन २०८३, शुक्रबार

उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा भेटियो

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पोखरा, १५ साउन । उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा भेटिएको छ ।

आज सोमबार मध्याह्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएको हो ।

जहाजमा मुसा देखिएपछि उक्त विमानको उडान स्थगित गरिएको छ ।

यती एयरको सो जहाज ११ बजेर ५० मिनेटमा उडान नम्बर ६७८ मार्फत काठमाडौं जाने तयारीमा थियो ।