सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

माधवकुमार नेपालको अभिव्यक्तिप्रति राजदूत पौडेलको आपत्ति

दैनिक नेपाल २०८० साउन १५ गते १२:३९

काठमाडौं, १५ साउन । मलेसियाका लागि नेपाली राजदूत डिल्ली पौडेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

नेपालले राजदूतावास र आफूविरूद्व भ्रामक अभिव्यक्ति दिएका भन्दै पौडेलले आपत्ति जनाएका हुन् ।

गैर आवासिय नेपाली संघ मलेसियाको आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपालको मलेसिया भ्रमण र सिन्डिकेटको बिषयमा नेपाली दूतावास मलेसिया र आफुलाई जोडर दिएको अभिव्यक्ति र आएका समाचारप्रति आपत्ति जनाउँदै विभिन्न बहानामा मलेसियामा रहेको नेपालीको एकतालाई धमिल्यान नखोज्न अनुरोध गरेका छन् ।

‘हामी बसेर गफ गरौँ, विषयबस्तु के हो त्यसमा छलफल गरौँ । तर एकले अर्कालाई छारो हान्ने काम नगरौ । मलेशियामा भएको एकतालाई विभिन्न बहानामा धमिल्याउन खोजियो भने यो असफल प्रयास मात्रै हुनेछ । ‘दूतावास र राजदूतलाई जोडेर जुन कुरा मिडियामा आयो त्यस विषयमा एम्बेसीले औपचारिक रुपमा प्रेस विज्ञप्ति जारी गरेर एउटा धारणा सार्वजनिक गरिसकेको छ । त्यसलाई सबैले हेर्नुहोला । अर्को कुरा यसै विषयसँग जोडिएको र मैले भन्न पर्ने कुरा के हो भने एनआरएनएका साथीहरूले अहिले गर्ने गरेको ९५ प्रतिशत कामहरू र दूतावासले गर्ने गरेको ९० प्रतिशत काम श्रमिकको हितमै छ,’ उनले भने ।

राजदूत पौडेलले श्रमिकका समस्या तथा उद्धारका सवालमा दूतावास सदैव लागिरहेको भन्दै यस विषयमा थप सहज बनाउन मलेसिया सरकारसँग निरन्तर अन्तरक्रिया भइरहेको जानकारी दिए ।

एनआरएनएसँगको सहकार्यबिना राजदूतावासका सबै कामहरूमा धेरै कठिनाई हुने उनले बताए । सरकारका तर्फबाट उत्कृष्ट सेवा प्रवाह गर्न आफू सधैँ तत्पर रहेको उनले बताउ ।

प्रतिक्रिया
सम्बन्धित