३० आश्विन २०८३, शुक्रबार

नेपालमै पहिलो पटक एलईडी बोर्डमा स्मार्ट क्युआरको नोटिफिकेशन सेवा सुरू

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा क्यूआर भुक्तानीको रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन् ।

क्युआरमार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीको लागि कुर्न पर्ने बाध्यता थियो । टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस प्राप्तिमा ढिलाइ हुँदा तथा कहिलेकाहीँ एसएमएस प्राप्त नहुँदा मर्चेन्टहरूलाई कारोबार पूरा भएको यकिन गर्न कठिन भइरहेको थियो ।

साथै ग्राहकहरूको चाप धेरै भएको मर्चेन्ट लोकेसनमा एसएमएस मार्फत कारोबारको यकिन गर्दा समय खेर जाने समस्या थियो ।

त्यसैगरी, एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुबैलाई अप्ठ्यारो भइरहेको थियो । एससीटीले मर्चेन्टहरूलाई मोबाइल तथा वेब लगइनमार्फत पनि कारोबार हेर्न, पैसा जम्मा तथा फिर्ता गर्न मिल्ने सुविधा सुरूवाती दिनहरू देखिनै दिँदै आइरहेको कम्पनीले जनाएको छ ।

सोही कारोबारको अलर्ट प्राप्तिकै लागि मोबाइल तथा वेब लगइन चलाई राख्न समेत कारोबार धेरै हुने ठाउँहरूमा झन्झटिलो तथा समय खर्चिनु पर्ने परिस्थिति थियो ।

अब एलईडी स्क्रिनमा कारोबार भएलगत्तै कारोबारको रकम देखिने हुँदा कारोबार पूर्ण भए नभएको सहजै यकिन गर्न सकिने छ । एलईडी स्क्रिन जडान गर्न सजिलो र सरल छ । यसलाई एस सिटिले प्रदान गर्ने मोबाइल एप्लिकेसन द्वारा सजिलै कन्फिगर गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्मार्ट क्युआरमा आबद्ध बैङ्क तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरू द्वारा स्मार्ट क्युआरमा दर्ता भएका कुनै पनि मर्चेन्टहरूले यो सुविधा लिन सक्नेछन् । मोबाइल एपद्वारा नै नेटवर्क तथा स्क्रिनको ब्राइटनेश पनि मिलाउन सकिन्छ । स्क्रिनमै कारोबारको रकम देख्न सकिने भएकाले भीडभाड तथा हल्ला खल्ला हुने ठाउँमा यो प्रविधि निकै नै उपयुक्त तथा प्रभावकारी छ ।

पाथीभरा सेन्सर सोलुसनको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजीले यो सेवा सुरू गरेको हो । सेवा लिन इच्छुक ग्राहकहरूले स्मार्ट क्युआरमा आबद्ध बैक तथा वालेटहरूमा गई यो सुविधाको लागि आवेदन दिन सक्ने छन् ।