
काठमाडौं, १४ साउन । नेकपा एमालेले संसदीय समितिले पूर्णता नपाए आगामी बैठकहरूमा सहभागिता नजनाउने चेतावनी दिएको छ ।
आज आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतका सार्वजनिक लेखा समिति बैठकमा एमाले सचिव योगेश भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पारेका हुन् ।
संसदीय प्रक्रिया अनुसार संसद् र समितिहरू चल्न नसकेको भन्दै उनले गठबन्धनका कारण समितिहरूले पूर्णता पाउन नसकेको दाबी गरे ।
सत्तारुढ गठबन्धनका कारण सृजना भएको समस्याको भारी प्रतिपक्षले बोक्न नसक्ने भन्दै संसदीय प्रक्रिया अनुसार समितिले पूर्णता नपाए यसपछिका कुनै पनि बैठकमा उपस्थित नहुने बताए ।
संसदीय समितिका नेतृत्वमा प्रतिपक्षी दल एमालेले कुनै भागबन्डा नमागेको उनको भनाइ छ ।















प्रतिक्रिया