
ललितपुर, १४ साउन । ललितपुरको हिरण्यवर्ण महाविहारमा दैनिक रुपमा वाचन गरिने प्रज्ञापारमिता (बुद्ध धर्म ग्रन्थ) को जीर्णद्धार तथा पनर्लेखन कार्य सञ्चालन भइरहेको छ ।
हरेक ३/३ वर्षमा मा आउने मलमास वा पुरुषोत्तम मासको एक महिना अवधिभर यो कार्य सञ्चालन गर्ने गरिन्छ ।
बौद्ध धर्मको महायान सम्प्रदायसँग सम्बन्धित यो ग्रन्थमा बुद्धत्व प्राप्तिका सिद्धान्तहरू र भगवान बुद्धसँग सम्बन्धित विभिन्न प्रसङ्गहरू समावेश रहेको लेखन कार्यमा संलग्न हेमरत्न बज्राचार्यले बताउनुभयो ।
सुनको धुलोमा प्राकृतिक गमको प्रयोग गरी प्रज्ञापारमिताको जीर्णोद्वार कार्य भइरहेको छ ।
३०० पेज र ८ हजार श्लोक रहेको सो प्रज्ञापारमितालाई अष्टश्राशिका समेत भनिने गरिन्छ । खाना खाएपश्चात लेख्न नहुने भएकाले दैनिक ८:३० देखि ११:३० वा १२ बजेसम्म लेखन कार्य गरिन्छ ।
सो कार्यमा हेमरत्न बज्राचार्यसँगै अन्य ६ जना सुरेश बज्राचार्य, अष्टमान शाक्य, सुदन शाक्य, किरण शाक्य, दिनेश शाक्य र सुमेद शाक्यको सहभागिता छ ।
हेरौँ तस्वीरहरू–
तस्वीरहरू फोटो लाइब्रेरी















प्रतिक्रिया