३० आश्विन २०८३, शुक्रबार

एमाले सरकारमा रहँदा धेरै प्रगतिशील काम गरेको छ : खगराज अधिकारी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेकपा एमाले सरकारमा रहँदा सधैं प्रगतिशील सुधारको काम गरेको बताएका छन् ।

एमाले जिल्ला कमिटी कास्कीले अगुवा कार्यकर्ताका लागि शनिबार आयोजना गरेको अनुशिक्षण कार्यक्रममा उनले एमालेले गरेका कामलाई जनतासमक्ष पुर्‍याउन सक्दा मात्रै पनि एमाले राष्ट्रिय शक्तिसहितको पहिलो पार्टी बन्ने सम्भावना रहेको बताएका छन् ।

यस्तै, उनले पार्टीका कमिटी प्रणालीलाई व्यवस्थित गरी सदस्यता अद्यावधिक गर्न सबै कार्यकर्तालाई आग्रह गरेका छन् । उनले ठोस योजनाका साथ काम गरी कास्कीलाई नमुना जिल्ला बनाउन पनि निर्देशन दिए ।

कार्यक्रममा पार्टीकी स्थायी कमिटी सदस्य थममाया थापामगरले नेता तथा कार्यकर्तालाई वैचारिक तथा राजनीतिक रुपमा प्रशिक्षित गरी संगठनलाई चुस्त–दुरुस्त बनाए जुनसुकै आन्दोलनमा समेत सफलता मिल्ने तर्क गरिन् । उनले पार्टीको जनाधारलाई बलियो बनाउन ध्यान दिने उल्लेख गरिन् ।

यसैगरी, पार्टीका नेता सोमनाथ अधिकारी प्यासीले सिंगो पार्टी कमिटी संगठन निर्माणमा लाग्न आग्रह गरे । कमिटीमा बस्नेलाई जिम्मेवारीबोध गर्न निर्देशन दिँदै उनले कम्युनिस्ट पार्टी सामुहिक र संस्थागत निर्णय गरी नचलेमा जनताप्रति बेइमानी हुने तर्क गरे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी सचिव बैनबहादुर अधिकारी क्षत्रीले अनुशिक्षण कार्यक्रममा आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।