
ललितपुर, १३ साउन । अहिले धानका खेतहरू, पार्कमा रहेका बाक्ला रुखहरू, हरियो दुबोहरू र बाक्लो जङ्गलहरूले आँखै हराभरा हुने समय हो ।
यो वर्ष मनसुन अलि पर धकिलिए पनि अहिले रुख–बिरुवा, खेतका बालीहरू हराभरा र हरियाली देखिन्छन् । यस्तै, अहिलेको समयमा सबै भन्दा मनमोहक हरियालीमय खेतमै देख्न पाइन्छ ।
त्यही खेतहरूमा किसानहरूले धान गोडेको दृश्य त झनै रमाइला छन् । उपत्यका छेउछाउ खाली रहेका खेतहरूमा पनि यस्तै मनमोहक दृश्य हेर्न पाइन्छ ।
यसैबीच, ललितपुरको खोकनाका स्थानीय पनि अहिले धान गोड्न व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका स्थानीय अहिले गोडमेल गर्न र मल हाल्नका लागि खेतमा व्यस्त देखिन्छन् ।
स्थानीय बिहानको समय र दिउँसो घाम ढल्किन थालेपछि गोडमेलमा निस्किन्छन् । भर्खरै रोपेको धानलाई झारले खाने भएपछि गोड्नुपर्ने हुन्छ । काठमाडौं उपत्यका मात्र नभई देशका अधिकांश स्थानमा अहिले किसान धान गोड्नमा व्यस्त छन् । हरिया फाँटमा सुस्केरा निकाल्दै र गफिँदै किसान गोडमेलमा लागेका केही तस्वीरहरू हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
हेरौँ तस्वीरहरू–

तस्वीर सौजन्य : नेपाल फोटो लाइब्रेरी















प्रतिक्रिया