३० आश्विन २०८३, शुक्रबार

भ्रष्टाचारमा संलग्न जुनसुकै ओहोदाका भए पनि कारबाही गरिन्छ : गृहमन्त्री श्रेष्ठ (भिडिओ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने स्पष्ट पारेका छन् ।

आज शनिबार काठमाडौंको गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रममा श्रेष्ठले वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको भन्दै भ्रष्टाचारमा संलग्न जो कसैलाई पनि कारबाही गरिने स्पष्ट पारेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताउँदै मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको पनि बताएका छन् । भ्रष्टाचार र कमिसनले जरा गाड्दा रानजीतिक परिवर्तनपछि समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारले देशलाई बर्बाद बनाएको बताए ।

भ्रष्टाचार, बेतिथि र ठगीविरुद्धको अभियानले विश्राम नलिने पनि बताए । उनले समृद्धिको यात्रालाई अगाडि बढाएर मुलुकलाई समुन्नत बनाउने सहिदका सपना पूरा गर्न बाधक बनेको भ्रष्टाचारलाई जरैदेखि उन्नुलन गर्नु आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले उद्यानमा रहेको सहिद स्मारकको अवलोकन गर्दै सहिदप्रति माल्यार्पण गरेका थिए भने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

हेर्नुहोस् भिडिओ–