३० आश्विन २०८३, शुक्रबार

हामी कुनै दलको पछि लागेका छैनौँ : रवि लामिछाने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू कुनै पनि दलको पछि नलागेको स्पष्ट गरेका छन् ।

पछिल्लो समय उठेका विभिन्न विषयमा कहिले कुन दलको त कहिले कुन दलको पछि लागेको भनेर आरोप लागिरहेका बेला सभापति लामिछानेले रास्वपा आफ्नै अडानमा अघि बढिरहेको बताएका हुन् ।

आज शनिबार भक्तपुरमा रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै उनले जनताले दिएको मतको भारीबाहेक अरु कसैको भारी बोक्नुपर्ने आवश्यकता रास्वपालाई नरहेको जिकिर गर्दै कुनै दलको पछि लाग्यो भन्ने आरोपमा कुनै सत्यता नरहेको स्पष्ट गरेका हुन् ।

लामिछानेले आगामी निर्वाचनमा रास्वपालाई एकल सरकार बनाउनेगरी जनताले विश्वास गरे भ्रष्टाचारका मुद्दामा कसैलाई नजोगाउनेगरी अनुसन्धान गर्ने दाबी समेत गरेका छन् ।

यस्तै, उनले एक क्विन्टल सुन तस्करी प्रकरणका मालिक जोगाउन सरकारले विभिन्न प्रपञ्च रचिरहेको आरोप पनि लगाएका छन् । सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई बीच बाटोमै समातेर मालिक जोगाउन खोजिएको उनको भनाइ छ ।

ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिने भए पनि त्यसो नगरिदा सरकारको नियतप्रति आशंका पैदा भएको बताएका हुन् । अहिले तस्करी भएको सुनको परिमाण हेर्दा त्यसको मालिक ठूलै व्यक्ति हुने आशंका रहेको उनको भनाइ छ ।

लामिछानेले सुन प्रकरणमा सरकारले व्यक्ति हेरेर अनुसन्धानलाई अन्त्यसम्म नपुराई अर्को फाइल खोल्ने तयारीमा लागेको हुन सक्ने भएकाले रास्वपाले खबरदारी गरिरहेको विचार व्यक्त गरे ।