
काठमाडौं, १२ साउन । प्रहरीले ललितपुरका मिटरब्याजी सूर्जमान मालीलाई पक्राउ गरेको छ ।
एक महिलालाई पाँचलाख ऋण लिएर उनको घरबार कब्जा गरेको र पटक पटक बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले आज पक्राउ गरेको हो ।
उनलाई ललितपुरको थेचोबाट पक्राउ गरिएको हो ।
पीडितले आजै मात्र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर समस्या सुनाएकी थिइन् । लगत्तै गृहमन्त्रीको निर्देशनमा उनलाई पक्राउ गरिएको हो ।















प्रतिक्रिया