
काठमाडौं, १२ साउन । सम्पदा अभियानकर्मी र स्थानीयले काठमाडौंको असन चोकमा विरोध प्रदर्शन गरेका छन् ।
अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमको सहभागितामा काठमाडौंको इतुंबहा:मा संग्रहालय खोल्न लागेपछि आज सम्पदा अभियानकर्मी र स्थानीयले असन चोकमा विरोध प्रदर्शन गरेका हुन् ।
‘नेपालको पहिलो विहार संग्रहालय’ भनेर खोल्न लागेको यो संग्रहालयलाई नेपाली विहारमाथिको विदेशी हस्तक्षेप मान्दै उनीहरूले विरोध गरेका हुन् ।
नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका नेपालका पुरातत्त्व र पहिचानका मूर्तिदेखि अन्य सामग्रीहरू न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहालयमा पहिल्यै छ र रुबिनले सङ्ग्रह गरेको सामग्री चोरिएका सम्पदा भएकाले पनि यसको छवि पहिल्लै बिग्रेको अभियन्ता गणपति लाल श्रेष्ठ बताउछन् ।
















प्रतिक्रिया