२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : २२ दिनमै ढल्यो कोशीको गठबन्धन सरकार, बरामद बाकसमा भेटिएन सुन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढालेर गठन भएको कांग्रेस–माओवादीलगायत गठबन्धन दलको सरकार २२ दिनमै ढलेको छ ।

सभामुख बाबुराम गौतमको समेत समर्थ लिएर गठन गरिएको सरकारलाई सर्वोच्च अदालतले असंवैधानिक भनेर ठहर गरेपछि कांग्रेस नेता उद्धव थापाको नेतृत्वको बनाइएको पछिल्लो सरकार ढलेको हो ।

सरकार ढलेसँगै कोशीमा आगामी सात दिनभित्र नयाँ सरकार गठन गर्न पनि सर्वोच्चले परमादेश जारी गरेको छ ।

यस्तै, एक क्विन्टल सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले लाजिम्पाटस्थि चिनियाँ नागरिकले भाडामा लिएको घरमा छापा मारेको छ । छापा मार्ने क्रममा सुन प्याकिङ गरिएकोझैं केशी कार्टुनका बाकसहरू भेटिए पनि त्यसमा सुन फेला नपरेको बताइएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–