शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS : २२ दिनमै ढल्यो कोशीको गठबन्धन सरकार, बरामद बाकसमा भेटिएन सुन

दैनिक नेपाल २०८० साउन ११ गते २१:४२

काठमाडौं, ११ साउन । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढालेर गठन भएको कांग्रेस–माओवादीलगायत गठबन्धन दलको सरकार २२ दिनमै ढलेको छ ।

सभामुख बाबुराम गौतमको समेत समर्थ लिएर गठन गरिएको सरकारलाई सर्वोच्च अदालतले असंवैधानिक भनेर ठहर गरेपछि कांग्रेस नेता उद्धव थापाको नेतृत्वको बनाइएको पछिल्लो सरकार ढलेको हो ।

सरकार ढलेसँगै कोशीमा आगामी सात दिनभित्र नयाँ सरकार गठन गर्न पनि सर्वोच्चले परमादेश जारी गरेको छ ।

यस्तै, एक क्विन्टल सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले लाजिम्पाटस्थि चिनियाँ नागरिकले भाडामा लिएको घरमा छापा मारेको छ । छापा मार्ने क्रममा सुन प्याकिङ गरिएकोझैं केशी कार्टुनका बाकसहरू भेटिए पनि त्यसमा सुन फेला नपरेको बताइएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित