३० आश्विन २०८३, शुक्रबार

सरकारी कागजात कीर्ते प्रकरणमा कांग्रेसका सभापति गुरुङ जेल चलान

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ (क) का पार्टी सभापति नारायण गुरुङ (दीर्गमान गुरुङ) जेल चलान भएका छन् ।

सरकारी दस्तखत कीर्ते कसुरमा दोषी ठहर भएपछि उनी कारागार चलान भएका हुन् ।

सरकारी दस्तखत किर्ते कसुरमा उनलाई २०६१ साल जेठ १८ गते एक वर्ष कैदको फैसला सुनाएको थियो । यो बीचमा उनी प्रहरीको फरार सूचीमा थिए ।

उनलाई केही समयअघि काठमाडौंबाटै प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । त्यसपछि अदालती प्रक्रिया पूरा गरेर उनलाई असार २० गते कारागार चलान गरिएको हो । अहिले उनी डिल्लीबजारस्थित कारागारमा छन् ।

गोरखाको पालुङटार नगरपालिका वडा नं ३ साविक आँपपीपल गाविस वडा नं २ का स्थायी बासिन्दा गुरुङले नागरिकता, राहदानीसँगै नक्कली सरकारी कागजात तयार पारी दस्तखत पनि नक्कली नै गरेको पाइएको छ ।

जेल चलान भएसँगै उनलाई कांग्रेस गोरखाले पनि उनलाई कारबाहीको तयारी गरेको छ ।