३० आश्विन २०८३, शुक्रबार

शिक्षा राणा बनिन् ‘मिस प्लस टू नेपाल २०२३’ (फोटो फिचर)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । शिक्षा राणा ‘मिस प्लस टू नेपाल २०२३’ घोषित भएकी छिन् ।

राजधानीमा आयोजित प्रतियोगितामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उपाधि समेत हात पार्न सफल भएकी छिन् ।

प्लस टू अध्ययनरत छात्राहरूको प्रतिभा निखार्दै व्यक्तित्व र सौन्दर्य मापनको उद्देश्यले आयोजित प्रतियोगितामा याङ्जी दावा लामाले फर्स्ट रनरअप र विशाखा श्रेष्ठ सेकेन्ड रनर अप भए । लामाले भ्युअर च्वाइस र पब्लिक च्वाइस उपाधि समेत हात पार्दा श्रेष्ठले मिस कन्फिडेन्टको उपाधि आफ्नो पोल्टामा पारिन् ।

युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न प्र्रतियोगितामा झरना अधिकारीले ‘भ्युअर च्वाइस’, प्रियाशा जोशीले ‘पब्लिक च्वाइस’ उपाधि हात पारे ।

त्यस्तै, कृष्टिना प्रजा ‘म्यानेज्मेन्ट च्वाइस’, कृतिका गौतम ‘मिस ट्यालेन्ट र मिस फोटोजेनिक’, समृद्धि जोशी ‘वेष्ट इन् इभिनिङ गाउन’, सोनिमा घलान ‘वेष्ट वाक’ र ओसिन माली ‘मिस कन्जिनियालिटी’ बिजेता बने ।

सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफी रहेको प्रतियोगितामा चलचित्र निर्देशक एवम् अभिनेता साहिल खान, इन्टरनेसनल नेपाली मोडल दीपक घिमिरे, फेसन उद्यमी स्वेता सिरोहिया रोक्का, एभिएसन उद्यमी संगिता रौनियार तथा नेपाल एयरहोस्टेस् एकेडेमीका निर्देशक रेजिना तुलाधार निर्णायकको रुपमा रहेका थिए ।

‘मिस प्लस टू’को उपाधि यस अगाडि अहिलेकी चर्चित अभिनेत्री आँचल शर्माले पनि जितेकी थिइन् । यो उपाधिपछि उनको कलाक्षेत्रमा प्रवेश भएको थियो ।