३० आश्विन २०८३, शुक्रबार

आगामी चुनावबाट प्रचण्ड र माधव नेपालको पार्टी रहने छैन : गुरू बराल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ११ साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज गुरूप्रसाद बरालले आगामी निर्वाचनबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी समाप्त हुने ठोकुवा गरेका छन् ।

नेकपा एमाले नुवाकोटको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै नेता बरालले नेकपा माओवादी र एकीकृत समाजवादीसँग कार्यक्रम र कार्यनीति नभएकाले आगामी निर्वाचनबाट पार्टीका रुपमा नरहने बताएका हुन् ।

यसअघि क्रान्तिमा रहेका माओवादीका कार्यकर्ता अहिले माओवादी नेतृत्व भ्रान्तिमा लागेकाले अशली कार्यकर्तालाई एमालेमा फर्काउनुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन् ।

उनले एमालेका कार्यकर्तालाई प्रशिक्षण आवश्यक रहेको बताएका छन् ।