
काठमाडौं, ११ साउन । नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य निरज कुमार आचार्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।
समाजवादी पार्टीमा बसेर आफ्नो राजनीतिक जीवन अगाडि बढाउन नसकिने निष्कर्षसहित उनी एमालेमै फर्किएको बताएका छन् । नेकपा एस पछिल्लो समय दक्षिणपन्थी कांग्रेसको पिछलग्गु बन्दै गएपछि आफूहरूमा वितृष्णा छाएको उनले बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पार्टी प्रचार विभागका केन्द्रीय संयोजक निरज आचार्य, कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहलगायत नेताहरूको सहभागिता थियो ।
















प्रतिक्रिया